चन्द्रपुरमा दुई समूहबीच झडप, १० जना घाइते

श्रोत : ईन्टरनेट

रौतहट । गएराति रौतहटको चन्द्रपुरमा दुई समूहबीच झडप भएको छ । झडपमा १० जना घाइते भएका छन् । केही घर र आठवटा मोटरसाइकलमा आगजनी भएको छ ।

झडपको क्रममा आफन्तको घर तोडफोड भएको देखेर स्थानीय ७० वर्षीय जगरनाथ चौधरीको हृदयाघातबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

frontline

झडपमा विनेक चौधरी, आकाश चौधरी, मुथुन कुमार चौधरी, बच्चु चौधरी लगायत घाइते भएका छन् ।

उनीहरुको चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज कोइरालाले बताए ।

कोइरालाका अनुसार जग्गा सम्बन्धी पुरानो विवादका कारण चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बस्तिपुरमा गएराति करिब १० बजेतिर दुई पक्षबीच झडप भएको हो ।

सो घटनामा जगनारायण चौधरी, श्रीराम चौधरी र लक्ष्मी चौधरीको घर तोडफोड भएको छ ।

आठ वटा मोटरसाइकलमा आगजनी पनि भएको छ ।

सो स्थानमा रातिदेखि नै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here