चट्याङ लागेर सिन्धुली–७ पत्यानीका वृद्धको मृत्यु

१६ असार, सिन्धुली । अविरल वर्षाकाबीच परेको शक्तिशाली चट्याङमा परी सिन्धुलीको तीनपाटन गँउपालिका–७ पत्यानीका एक वृद्धको मृत्यु भएको छ ।

चट्याङमा परी ६० वर्षीय गोपाल तामाङको घट्नास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

frontline

चट्याङले जिल्लाका विभिन्न स्थानहरुमा स्थानीय वासिन्दाहरुलाई त्रसित र आंकित बनाएको छ ।

सिन्धुली जिल्ला चट्याङको उच्च जोखिममा रहेकाले हरेक वर्ष चट्याङ लागेर एक दर्जन स्थानीयहरुको अकालमै ज्यान जाने गरेको एक तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here