चट्याङ लागेर बालकको मृत्यु

मंगलबार, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका– ९ मङरुमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

सोमबार साँझ ६ बजे परेको चट्याङले स्थानीय नारायणराम कोलीका ९ वर्षीय छोरा भरतराम कोलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता इन्सपेक्टर बोधराज ओझाले बताए ।

frontline

घर नजिकैको धारामा साथीसंगै पानी भर्न जादा परेको चट्याङले कोलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनिसँग गएका साथी भने सकुसल छन् ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here