घुससहित गाउँपालिकाका अधिकृत बुढा पक्राउ

१ साउन, धनगढी । कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दीपेन्द्र बुढा घुससहित पक्राउ परेका छन्।

जिन्सी शाखा प्रमुखका रुपमा कार्यरत बुढा ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । बुढा बिउबिजन सामाग्रीको रकम भुक्तानी बापत ३० हजार कमिसन रुपैयाँसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

frontline

कैलालीको घोडाघोडी नगरपालिका– १ स्थित होटेल नवरत्नबाट बिउबिजन सामग्रीको रकम भुक्तानीबापत घुस मागेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here