घर पोत्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
१६ असोज, नुवाकोट । नुवाकोटको पुर्वी भेगमा रहेको शिवपुरीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ।
करेन्ट लाग्दा शिवपुरी गाउँपालिका-६, फेदीगाउँका स्थानीय ६५ वर्षीय इन्द्रबहादुर पाठकको मृत्यु भएको हो।
घर पोत्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
करेन्ट लागेर बेहोस भएका पाठकलाई उपचारार्थ काठमाडौं वसुन्धरास्थित विपी स्मृति अस्पताल लगिएकोमा सोही स्थानमा मृत्यु भएको प्रहरी सहायक निरीक्षक हेमराज पौडेलले बताए।
सर्वसाधारणलाई प्राविधिक बेगर आफैं अनावश्यक विद्युतीय कार्य नगर्न र विद्युतीय उपकरण अनावश्यक रूपमा नचलाउन सुरक्षा निकायले आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्