घर घरबाट फोहोर खरीद गर्दै घोराही उपमहानगरपालिका

दाङ । देउखुरी घोराही उपमहानगरपालिकाले घर घरबाट फोहोर खरीद गर्न थालेको छ ।

बोटल र गुटखाका खोलमा पैसा आउन थालेपछि स्थानीय दङ्ग परेका छन् ।

frontline

गल्ने फोहोरबाट ग्यास र मल उत्पादनको तयारी अन्तिम चरणमा पुर्‍याइएको छ भने नगल्ने फोहोरलाई खरिद गरेर पुनः प्रयोगमा ल्याउन थालिएको छ ।

केही महिना पहिले सरसफाइ स्वयंसेवक परिचालन गरेर फोहोर किन्ने बारेमा जानकारी गराएको उपमहानगरपालिकाले गत शुक्रबारदेखि नागरिकहरुको घरमै पुगेर फोहोर खरीद गर्न थालेको हो ।

घोराही-१४ नयाँ बसपार्कमा जलजला होटलकी सञ्चालक सीता रोकालाई फोहर व्यवस्थापनले निकै पीडा दिँदै आएको थियो ।

हरेक दिन बिहान फोहर जम्मा गरेर उपमहानगरको गाडीमा पठाउनपर्ने झञ्झट हुने गर्थ्यो । पहिलो पटक फोहर बेचेकी रोकाले बीस केजी फोहरको रु दुइसय पाँच रुपैयाँ प्राप्त गरिन् ।

होटलबाट उत्पादन भएको फोहरले आम्दानी हुने भएपछि उनी खुशी छन् ।

यो वर्षदेखि उपमहानगरभित्रको फोहर खरीद गर्ने नीति लिएपछि फोहर बिक्री गर्ने प्रतिस्पर्धा नै चलेको छ ।

चालु आर्थिक वर्षको बजेटमै राखेर उपमहानगरपलिकाले गत वैशाखदेखि फोहर खरिद गर्न शुरु गरेको थियो ।

अहिलेसम्म झण्डै बीस हजारको फोहर खरीद गरिएको उपमहानगरपालिका वातावरण तथा सरसफाइ महाशाखा प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिए ।

उपमहानगरपालिकालाई प्लाष्टिकमुक्त बनाउने अभियानअन्तर्गत यो कार्यक्रम अघि सारिएको हो ।

उपमहानगरपालिकाले प्लाष्टिकको बोतलसहित नरम पोलिथिन एक किलोलाई रु दश, कपडा प्रति किलो रु पाँच, सुर्तीजन्य प्लाष्टिकको फोहोर प्रति किलो रु दुइ, गत्ता, कापीसहित वर्गिकरण अनुसारका फोहोरलाई रु दश देखि बीससम्ममा किलोमा खरिद गर्ने दर कायम गरिएको छ ।

यसरी खरीद गरिएको गल्ने फोहोरलाई बायो ग्याँसमा प्रयोग गरिने र नगल्ने फोहोरलाई उद्योगहरुसँग समन्वय गरेर बिक्री गरिने नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here