घरेलु कामदारको मृत्यु , आफन्तद्वारा दोषीलाई कारबाही गर्न माग

काठमाडौं । कपनस्थित डा. भरत थापाको घरमा मृत भेटिएका गणेश भण्डारीकोे हत्या भएको भन्दै आफन्तले घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

भण्डारीको हत्या भएको दावी गर्दै दोषीलाई कारबाही गर्न माग गर्दै आफन्तले प्रहरी वृत्त बौद्धमा शनिबार प्रदर्शन गरेका छन् । उनले घरधनीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन पनि माग गरेका छन् ।

frontline

२७ वर्षका भण्डारी थापाको घरमा दुई वर्षदेखि घरेलु कामदारको रुपमा काम गर्दै आएका थिए ।

प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार असार १५ गते भण्डारी बेहोस भएको खबर आएको थियो ।

त्यसपछि प्रहरी थापाको घरमा पुगेको थियो । तर प्रहरी पुग्नुअघि नै ग्राण्डी अस्पताल लगिएको र अस्पतालले मृत घोषणा गरेको डीएसपी न्यौपानेले बताए ।

ग्राण्डी अस्पताल प्रहरी वृत्त महाराजगञ्जको क्षेत्रमा पर्ने भएकाले मृतकका दाजुले प्रहरी वृत्त महाराजगञ्जमा ज्यानसम्बन्धी कसूरमा जाहेरी दिएको वौद्धका डीएसपी न्यौपानेले जानकारी दिए ।

उनका अनुसार आफन्तले शनिबार कार्यालय अगाडि आएर किटानी जाहेरी लिएर तत्कालै पक्राउ गरेर काबाही अघि बढाउनु पर्ने माग राखेका छन् । आफन्तले शव पोष्टमार्टम गर्न समेत मानेका छैनन् ।

‘अनुसन्धान गर्दा हत्या भएको भेटिए अर्को किटानी जाहेरी दिनुहोला अहिले यो जाहेरीले नै हामी अनुसन्धान गरिरहेका छौं भनेका छौं, उहाँहरुले मान्नु भएको छैन’ डीएसपी न्यौपानेले भने ।

घटनाबारे अहिले अनुसन्धान भइरहेकाले यसै भन्न नसकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here