घरायसी र व्यावसायिक प्रयोजन हुने ग्याँसको छुट्टाछुट्टै मूल्य निर्धारण गर्न उपसमिति गठन
२० जेठ, काठमाडौं । नेपाल आयाल निगमले घरायसी र व्यावसायिक रुपमा प्रयोजन हुने ग्याँस सिलिन्डरको छुट्टाछुट्टै मूल्य निर्धारण गर्न उपसमिित गठन गरेको छ ।
बिहिबार बसेको निगम सञ्चालक समिति बैठकले निगम सञ्चालक समितिका एक सदस्यले नेतृत्व गर्ने गरी उपसमिति गठन गरेको हो ।
उपसमितिको संयोजक तोक्न बाँकी रहेको निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए । ‘हिजो बसेको सञ्चालक समितिको बैठकले उपसमिति गठन गरेको छ’ भट्टराईले भने, ‘सबै स्टेक होल्डर सहभागी गराएर दुई थरी सिलिन्डर तोक्ने र त्यसको मूल्य निर्धारणबारे समिति गठन गरिएको छ ।’
भट्टराईकाअनुसार समितिमा ग्याँस व्यवसायी, रेष्टरेन्ट तथा होटल व्यवसायी, गुणस्तर, निगम र सरकारी प्रतिनिधिहरु रहन्छन् ।
केही दिनमा कार्यदलले पूर्णता पाउने र अध्ययन सुरु हुने निगमले जनाएको छ । दुई थरी सिलिन्डरबारे यसअघि भएका अध्ययन र प्रयोगलाई पनि समितिले पुनः अध्ययन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्