घरभित्र किरा परेको अवस्थामा पुरुषको शव भेटियो

२८ असार, विराटनगर । विराटनगरमा रहेको एउटा घर भित्र किरा परेको अवस्थामा पुरुषको शव भेटिएको छ ।
विराटनगर महानगरपालिका-१३स्थित हिमालय आँखा अस्पतालको उत्तरतर्फ रहेको एउटा घरभित्र किरा परेको अवस्थामा मंगलबार पुरुषको शव भेटिएको मोरङ प्रहरीका डिएसपी राजन कार्कीले बताए ।




डिएसपी कार्कीका अनुसार मृतकको पहिचान नखुलेको प्रहरीले बताएको छ ।
सडक निर्माण गर्ने कामदार बस्नका लागि ट्रष्ट लगाएर बनाइएको घरभित्र अन्दाजी ४५-५० वर्षीय पुरुषको शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ । उनका अनुसार सडेर दुर्गन्धित भएको अवस्थामा शव फेला परेको हो ।
उनका अनुसार सडेर दुर्गन्धित भएको अवस्थामा शव फेला परेको हो ।
प्रतिक्रिया दिनुहोस्