घरको छतबाट लडेर कपिलवस्तुमा एकको मृत्यु

२० फागुन, बुटवल । घरको छतबाट लडेर कपिलवस्तुमा एकजनाको मृत्यु भएको छ ।

जिल्लाको शिवराज नगरपालिका-५ बस्ने उत्तम चौधरीको घरको छतबाट लडेर सोही घरमा बस्दै आएका दाङ लमही नगरपालिका-२ नर्थी घर भएका ४६ वर्षीय काशीराम चौधरीको बिहीबार राति मृत्यु भएको हो ।

frontline

उक्त घरबाट बुधबार लडेर गम्भीर घाइते भएका उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here