ग्वाटेमालामा झडप, १३ को मृत्यु, दुई जना घाइते

४ पुस, ग्वाटेमाला सिटी । ग्वाटेमालामा भएको झडपमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

जग्गासम्वन्धी विवाद चर्किदै गएपछि झडप भएको र उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

frontline

मृत्यु हुनेमा महिला र बालबालिका समेत रहेका छन् । नाहौला नगरपालिकामा जग्गा र पानी सम्वन्धी विवाद भएको हो ।

“घटनामा परी महिला र बालबालिका सहित कम्तीमा १३ जनाको दुःखद् निधन भएको छ,” स्थानीय एक प्रहरी अधिकारीले भने ।

उनीहरुका अनुसार घटनामा परेर सुरक्षाकर्मी तर्फका दुई जना घाइते पनि भएका छन ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here