ग्लोबल टि ट्वान्टी क्यानडा : सन्दीप र दीपेन्द्र सम्मिलित टोलीको अर्को हार

ग्लोबल टि ट्वान्टी क्यानडामा नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भेनकुवर नाईट्स फेरी पराजित भएको छ ।

भेनकुवर नेपालका कप्तान रोहित कुमार पौडेल सम्मिलित टोरोन्टो नेसनल्ससँग १९ रनले पराजित भएको हो ।

frontline

आइतबार बिहान भएको खेलमा टोरोन्टोले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको भेनकुवरले १८.५ ओभरमा अल आउट हुदै १ सय ८ रन मात्र बनायो ।

भेनकुवरका लागि रिचि बेरिङ्टनले ४४ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ५२ रन बनाए । रिजा हेनरिक्सले १७, दीपेन्द्रले १३ र कप्तान उस्मान ख्वाजाले १० रन जोडे ।

टोरोन्टोका लागि रोमारियो शेफर्डले ३, मोहम्मद नवाजले २ तथा जोसेन बेहरानड्राफ्ट, जुनैद सिद्धिकी, साद विन जाफरले समान १ विकेट लिए । टोरोन्टोले रोहितलाई बेन्चमा राखेको थियो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टोरोन्टोले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो ।

टोरोन्टोका लागि रोस्टन चेसले सर्वाधिक २३ तथा आन्द्रेस गौस र जतिन्द्रपाल मथेरुले समान १९ रन बनाए । मोहम्मद नवाजले १४, निकोलस किर्तनले १३ तथा जोसेन बेहरानड्राफ्टले अविजित १२ रन जोडे ।

भेनकुवरका लागि मोहम्मद आमिरले ३, रिशिभ जोशी र हर्ष ठाकरले समान २ तथा डवेन प्रिटोरियस र सन्दीप लामिछानेले समान १ विकेट लिए ।

सन्दीप र दीपेन्द्र आबद्ध भेनकुवरको अर्को खेल सोमबार रहेको छ । रोहित सम्मिलित टोरोन्टोको खेल भने मंगलबार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here