ग्लास्गो कोप–२६ मा प्रधानमन्त्रीले दिएको प्रस्तुतिले नेपालको शिर चुलियो : नेता विष्ट

२ मङ्सिर, डोटी । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले नेपाली काँग्रेसका केन्द्रीय नेताहरूले डोटी काँग्रेसबाट संस्कार सिक्नुपर्ने बताएका छन् । काँग्रेसको १३ औँ महाधिवेशन अन्तर्गत डोटी जिल्लाका सभापति पदका दुई प्रत्याशीहरू सभापति प्रदीप कुमार देउवा र प्रत्याशी रामप्रसाद उपाध्यायले देखाएको संस्कारको उदाहरण दिँदै उनले यस्तो बताएका हुन् ।

नेपाल प्रेस युनियन डोटीले बिहीबार दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने,‘प्रतिस्पर्धामा उत्रिएपछि जित्नेले शासन गर्ने हो । हार्नेले जित्नेलाई पछाडि बसेर सघाउने हो । जुन प्रदीपजी र रामप्रसाद जीले विगतमा देखाउनुभएको छ ।’

frontline

केन्द्रमा भने यसो हुन नसक्दा पार्टीलाई क्षति पुगेको उनले बताए । ‘पार्टी केन्द्रले डोटीबाट यो संस्कार सिक्नुपर्छ,’ उनले भने,‘हार्नेले हारेकै दिन देखी सभापतिका खुट्टा तान्न सुरु गर्ने । असफल बनाउन खोज्ने प्रवृत्तिले पार्टीलाई क्षति पुगेको छ ।’

स्कटल्यान्डको ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औँ सम्मेलन (कोप–२६) मा सहभागी भएर प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको प्रस्तुतिले नेपालको शिर उच्च भएको नेता विष्टले बताए । उनले भने,‘त्यो भ्रमणमा नेपाली प्रधानमन्त्रीले प्रस्तुत गरेका एजेन्डा तथा प्रस्तावहरू, शिष्टाचार भेट तथा संवादहरूले नेपालको शिर चुलिएको छ ।’

नेपालमा बढेको कम्युनिस्ट जनमतले बिश्वजगतलाई चिन्तीत बनाएको उनले बताए । ‘जनतालाई भ्रममा पारेर विश्वभर पतन भएका कम्युनिस्टले नेपालमा जनमत बटुल्दा विश्वजगत चिन्तित छ । जनतालाई त्यो भ्रमबाट मुक्त पार्नुपर्ने दायित्व काँग्रेसको काँधमा छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here