ग्रीनल्याण्डको हिम क्षेत्रमा इतिहासमै पहिलो पटक वर्षा
शनिबार, वासिंटन । वर्षभर हिमपात हुने बरफैबरफले ढाकेको ग्रीनल्याण्डको हिम क्षेत्रमा इतिहासमै पहिलो पटक पानी परेको बताइएको छ । समुद्री सतहदेखि २ माइल उचाईमा रहेको ग्रीनल्याण्डमा शनिबार पहिलो पटक पानी परेको हो ।
नेसनल स्नो एण्ड आइस डाटा सेन्टरकाअनुसार ग्रीनल्याण्डको हिम शिखर क्षेत्रमा सन् १९५० यता रेकर्ड तोड्ने गरी शनिबार पहिलो पटक भारी वर्षा भएको हो ।
तापक्रम बृद्धिका कारण ध्रुवीय क्षेत्रमा बरफ पग्लिँदै गएको छ भने हिउँ पर्नुको सट्टा पानी परिरहेको छ ।
ग्रीनल्याण्डको हिमपात हुने क्षेत्रमा भारी वर्षा हुँदा आइतबार औसतभन्दा सात गुणा बढी बरफ पग्लिएका छन् ।
तातो हावाको कारण बरफ पग्लिएिर तीन दिनको अन्तरालमा सात अर्ब टन पानी निस्कासन भएको छ ।
नेसनल स्नो एण्ड आइस डाटा सेन्टरका वरिष्ठ वैज्ञानिक टेड स्क्याम्वोजले हिउँ पर्ने क्षेत्रमा पानी पर्नु र तिब्र रुपमा बरफ पग्लिनुले ग्रीनल्याण्ड तिब्र रुपमा तातिरहेको प्रमाण देखाएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्