ग्रिसमा आफ्नो घर जलेको देखेर एकजना वृद्धले आफैंलाई गोली हानेर गरे आत्महत्या

५ साउन, एथेन्स । ग्रिसमा राजधानी नगरको बाहिर जङ्गल नजिक रहेको आफ्नो घर जलेको देखेर एकजना वृद्धले आफैंलाई गोली हानेर आत्महत्या गरेका छन् ।

आफ्नो घर आगोको ज्वालाले ध्वस्त पारेको देखेपछि ती वृद्धले आत्महत्या गरेका मृतकका आफन्त, उनका छिमेकी र स्थानीय प्रहरीलाई उद्धृत गर्दै राष्ट्रिय प्रसारण इआरटीले जनाएको छ । 

frontline

मङ्गलबार रातिको डढेलोले आवास, व्यवसाय र अन्य केही भवन ध्वस्त पारेको तथा केही क्षतिग्रस्त भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।

कैयौँ नागरिक डढेलोबाट विस्थापित भएका छन् । तीव्र गतिमा चलेको हावाका कारण आगो निभाउन कठिनाई भएको छ। 

आगो निभाउन चारसय ८५ वटा दलमल परिचालन गरिएको थियो । सेना, प्रहरी र स्वयम्सेवकहरू पनि आगो निभाउन परिचालन गरिएका थिए । विमान र हेलिकप्टर पनि आगो निभाउन परिचालन भएका थिए । 

हरेक वर्ष गर्मी याममा ग्रीस डढेलोको सामना गर्दै आएको छ । गत वर्ष शृङ्खलाबद्ध रूपमा देशका विभिन्न भागमा फैलिएको डढेलोले एक हजार हेक्टर वन र कृषिभूमिमा क्षति भएको थियो भने करिब दुई हजार घर एवम् व्यापार–व्यवसायमा क्षति भएको थियो ।

सन् २०१८ मा राजधानी एथेन्स नजिक अवस्थित माटीको तटीय रिसोर्टमा आगो लाग्दा एकसय दुई जनाको मृत्यु भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here