ग्राण्डी सडकमा सवारी दुर्घटनामा परी स्कुटर चालकको मृत्यु, एक जना घाइते

१५ साउन, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-३ ग्राण्डी पछाडिको सडकमा आज आइतबार भएको सवारी दुर्घटनामा परी स्कुटर चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। 

बागमती प्रदेश ०२ ०२९ प १०९८ नम्बरको स्कुटर र बा ९६ प २४४५ नम्बरको मोटरसाइकल आज बिहान ११ बजे आपसमा ठोक्किएका हुन्।

frontline

दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटर चालक काठमाण्डौको तारकेश्वर नगरपालिका-९ बस्ने १९ वर्षीया रोजिना महर्जनको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो। 

घाइते भएका मोटरसाइकल चालक टोखा नगरपालिका ३ का २८ वर्षीय समिर श्रेष्ठको सोही अस्पतालमै उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here