ग्यास सिलिण्डर पड्किदा ६ रेष्टुरेण्ट पूर्णरुपमा क्षति

सान्केतिक तस्बिर

६ मंसिर, पोखरा । पोखराको फेवाताल किनारका रेष्टुरेण्टमा सोमबार बिहान तीन बजेतिर आगलागी हुँदा ६ वटा रेष्टुरेण्टमा पूर्णरुपमा क्षति पुगेको छ ।

बिहान ३ बजेतिर एउटा रेष्टुरेष्टमा लागेको आगोका कारण रेष्टुरेण्टभित्र रहेको ग्यास सिलिण्डर पड्किदा नजिकैका थप ५ वटा रेष्टुरेण्टमा आगो लागेर ठूलो नोक्सानी भएको हो ।

frontline

ताल किनारका पहारीघाट भल्छोपुवा क्षेत्रमा रहेका ६ वटा रेष्टुरेण्टमा आगलागी हुँदा डेढ करोड बढीको क्षति भएको पोखरा ६ का वडा सदस्य कृष्णहरि पहारीले जानकारी दिए ।

आगलागीबाट मानवीय क्षति नभए पनि रेष्टुरेण्ट भित्रका सामान जलेर नष्ट भएका छन् । आगलागीबाट सबैभन्दा ठूलो क्षति हालै सञ्चालनमा आएको ओल्ड ग्राबिटी रेष्टुरेण्टमा पुगेको छ ।
 
सञ्चालनमा आएको एक महिना पनि नपुग्दै नजिकैको रेष्टुरेण्टमा लागेको आगो ग्राबिटी रेष्टुरेण्टसम्म पुगेर क्षति पुगेको हो । यो रेष्टुरेण्ट करिब ७० लाख लागतमा हालै निर्माण सम्पन्न भएर सञ्चालनमा आएको सञ्चालकले बताएका छन् । आगलागी के कति कारणले भयो भन्ने एकिन हुन सकेको छैन् ।

ऋणधन गरेर बनाएको रेष्टुरेण्टहरु जलेपछि व्यवसायी चिन्तामा छन् । कोभिडपछि चलायमान हुन लागेको रेष्टुरेण्ट नै जलेपछि फेरि कसरी जलेको रेष्टुरेट नयाँ बनाउने हो भन्ने चिन्ता छाएको व्यवसायी माया परियारले सुनाइन् ।

राति ३ बजेतिर सानो आगो देख्दादेख्दै एक्कासी तीनवटा सिलिण्डर पड्किदा स्थानीय ज्यान जोगाउन भागाभाग भएको स्थानीय श्रीमाया कुमालले बताइन् ।

आप्नो घरमा पनि आगो सल्कन डरले बच्चालिएर भागेको पनि उनले सुनाइन् । आगो निभाउन नेपाल प्रहरी, नेपाल आर्मी र स्थानीय जुटेका थिए।

फेवाताल किनारको फुटपाथ नजिकै रहेका रेष्टुरेण्टमा लागेको आगो निभाउन नजिकै दमकल जाने बाटो नभएपछि टाढाबाट धेरै लामो पाइप दमकलमा जोडेर आगो निभाउनु परेको स्थानीयले बताएका छन् ।

नजिकै दमकल जाने बाटो नहुँदा पनि आगो नियन्त्रण लिन समस्या भएका स्थानीयले बताएका छन्। आगोलागीबाट भएको क्षतिको एकिन विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here