ग्यास विस्फोट हुँदा भक्तपुरमा एक जना घाइते

२५ पुस, काठमाडौं । खाना पकाउने एलपी ग्यास विस्फोट हुँदा भक्तपुरमा एक जना घाइते भएका छन् । सूर्यविनायक नगरपालिका-३ बालकोटमा ग्यास सिलिण्डर पड्केर तारा घले थपलिया घाइते भएकी हुन् ।

भक्तपुर प्रहरीले जनाएअनुसार स्थानीय रामप्रसाद थपलियाको घरको बाहिरकाे भान्सा कोठामा सिलिण्डरबाट लिक भएर ग्यास विस्फोट भएको हाे । विस्फोटबाट रामप्रसादकी श्रीमती तारा घले घाइते भएकी हुन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

frontline

विस्फोटबाट भान्साको वाल, सिसालगायत पार्किङमा रहेकाे गाडीको सिसामा समेत क्षति पुगेको भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here