ग्यास लिक भएर आगलागी, करिब पाँच लाख बराबरको धनमाल जलेर नष्ट
१० कार्तिक, काठमाडौं : मध्यपुरथिमि नगरपालिका-२, जातिगालस्थित दिलीप केसीको घरमा आगलागी भएको छ। आज दिउँसो भान्छामा चुलो बाल्ने क्रममा ग्यास लिक भएर आगलागी हुँदा करिब रु पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागीपछि महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगले आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। आगलागीबाट भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ। रासस
प्रतिक्रिया दिनुहोस्