गौशाला नगरपालिकाको मेयर र उपमेयरमा जसपा विजयी

७ जेठ, महोत्तरी । गौशाला नगरपालिकाको मेयर र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएको छ । जसपाबाट मेयरका उम्मेदवार बनेका डाक्टर दिपेन्द्र महतो फराकिलो मतान्तरले विजयी भएका छन् ।

महतोले ८ हजार ७९९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार बिष्णुबहादुर योन्जन ५ हजार ६२७ मत पाएका छन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवार बसन्त गुरुङ ५ हजार १३२ मत प्राप्त गरेका छन् ।

frontline

त्यसैगरी उपमेयर पदमा जसपाकै रेणुकुमारी महतो ८ हजार ४५५ मत ल्याएर निर्वाचित भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी जनक दुलारी साहले ५ हजार ४९० मत प्राप्त गरेकी छन् ।

नेपाली कांग्रेसबाट उपमेयरको उम्मेदवार बनेकी सुसिला देवीले ५ हजार ४७ मत पाएको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here