गौर वडा कार्यालय नजिकै शव फेला

रौतहट । रौतटहको गौर नगरपालिका–५ को वडा कार्यालय नजिकै एक व्यक्तिको शव फेला परेको छ ।

वडा कार्यालयको अगाडिको नालामा स्थानीय ५५ वर्षीय मुसलिया धुनियाको शव फेला परेको हो ।

frontline

नालामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ढलको पानीमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो ।

मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here