गौर र गढिमाइ नगरपालिकामा review and planning workshop ” GEMS “कार्यक्रम सम्पन्न
मेवालाल यादव
साउन ,२४ रौतहट
british council ,भि .एस . ओ. र आसमान नेपालको साझेदारीमा संचालित ( GEMS) परियोजना अन्तर्गत कार्यक्रम review and planning workshop ” GEMS “कार्यक्रम गौर नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ ।गौर नगरपालिकाको नगर प्रमुख शम्भु साहको अध्यक्षतामा
र प्रशिक्षक तथा सहजकार्ता असमान नेपालको रौतहट जिल्ला संयोजक सन्जय कुमार यादवले सो कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।
GEMS परियोजनाका अघिल्लो वर्षमा गरिएको क्रियाकलाप तथा गतिविधिहरु उपलब्धिहरुको बारे वहाँ बताउनु भयो ।N.V. द्वारा GEMSपरियोजनाका लागि 2024/25 मा हुने गतिविधिबारे योजना बैठकमा सार्वजनिक गरिएका छन् ।सामुदायिक स्तरमा गरिने कार्यक्रम वडाबाट , पालिका , स्वास्थ्य संस्थाबाट आइदिनु पर्ने बारे आसमान नेपालका प्रोग्राम कोटेनेटर सन्जय कुमार यादवले review and planning workshop ” GEMS “कार्यक्रममा बताउनु भयो।
आकस्मिक अवस्थामा आधारभुत स्वास्थ्य सेवा सुनिश्चित गर्न पुर्वतयारी , प्रतिकार्यका क्रियाकलापहरुलाई ब्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको यादवले बताएका छन् ।साथै दिशानिर्देश गर्ने उदेश्यले संस्थाको उत्थानशिल योजना बनिरहेको छ ।हाल बन्दै गरेको GEMSपरियोजना प्रभावकारी कार्यान्वयनमा साझा बुझाइ बनाउने र बिधमान क्षमता तथा प्रणाली अनुसारको सुदृढीकरण गर्ने उद्देश्यले स्वास्थ्य उत्थानशिलता सम्बन्धि अभिमुखीकारण कार्यक्रम गौर नगरपालिका र गढिमाइ नगरपालिकाको सभाहलमा गरिएको थियो ।
आकस्मिक स्वास्थय सेवालाई प्रभावकारी बनाउन आवश्यक कानुन, नीति नियम, मापदण्ड, प्रोटोकल तथा मार्गदर्शन निर्माणका कार्यमा सहजिकरण गर्ने ,प्रेषण प्रणाली सम्बन्धि राष्ट्रि नीति नियम, मापदण्ड, प्रोटोकल तथा मार्गदर्शन निर्माणको कार्यमा सहजिकरण गर्ने वहाँले बताएका छन ।
सो कार्यक्रममा गौर नगरपालिकाको नगर प्रमुख शम्भु साह, उपप्रमुख शैल कुमारी साह, प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुर , भि .एस . ओ.का नेशनल सहजकर्ता आरती पटेल ,
गौर नगरपालिकाको वडा १ देखी ९ सम्मको वडा अध्यक्ष , गौर नगरपालिकाको स्वास्थ्य सहजकर्ता – मञ्जु रजक,गढीमाई नगरपालिकाका स्वास्थ्य सहजकर्ता सुरज सहनी ,CLC संरक्षक- चान्द कुमारी, JJYC प्रतिनिधि कौशल साह, पीसी, रौतहट, पत्रकार लगायत संस्थाबाट आउनु भएको कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्