गौरको सुर्या बाम्बु होटलमा भीषण आगलागी, होटल पूर्ण रूपमा जलेर नष्ट
श्रीकांत यादव !
रौतहट जिल्लाको गौर नगरपालिका–१ मा रहेको सुर्या बाम्बु होटलमा आगलागी हुँदा होटल पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीबाट ठूलो क्षति भए पनि मानवीय क्षति न भएको जनाइएको छ।
आगलागीको जानकारी पाउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा गौर नगरपालिकाको दमकल (वरुण यन्त्र) घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए स्थानीय बासिन्दाहरूको सहयोगमा आगलागी फैलिन नपाउँदै नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ ।

आगो कसरी लागेको भन्ने विषयमा कारण खुल्न सकेको छैन । आगलागीको कारण र क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
आगलागीपछि उक्त क्षेत्र केही समय तनावग्रस्त बनेको थियो भने आगो नियन्त्रणमा आएपछि अवस्था सामान्य बन्दै गएको स्थानीयहरूले बताएका छन् ।






प्रतिक्रिया दिनुहोस्