गौतमबुद्ध विमानस्थल छोटो समयमै यात्रुको रोजाइमा

श्रोत : ईन्टरनेट

३ असार, काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रेमकुमार पाण्डे बुधबार साउदी अरबबाट स्वदेश फर्किए ।

विदेशबाट काठमाडौं हुादै घर पुग्दा उनी सधैं एक्लै हुने गरेकोमा यो पटक परिवारका सदस्य उनलाई लिन विमानस्थलमै लिन पुग्ो ।

frontline

साढे तीन वर्षपछि घर नजिकैको विमानस्थलमा स्वागत गर्न पाउादा आफन्त निकै खुसी देखिन्थे ।

आफ्ना आत्मीयजनलाई लिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुगेका आफन्तको सामिप्यका दृश्य निकै भावुक देखिन्थ्यो ।

सधैं काठमाडौं बिमानस्थल प्रयोग गरेका यी यात्रुको नयाा विमानस्थलको यात्रा अनुभव कस्तो रह्यो त ?

गौतमबुद्ध विमानस्थलमा अहिले कुवेतबाट जजिरा एयरले साताको सोमबार, बुधबार र शनिबार गरी तीन उडान भर्दै आएको छ ।

सहज हुने भन्दै अधिकांश खाडी मुलुकका यात्रुले कुवेत ट्रान्जिट गरेर भैरहवा आउन थालेका छन् । 

जेठ २ गतेदेखि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट व्यवसाहिक उडान भएको हो । अहिलेसम्म १४ वटा उडान भएका छन् ।

यो विमानस्थल हुदै अहिलेसम्म  १ हजार २ सय ४७ जना आएका छन् भने १ हजार ७ सय ९८ जना बाहिरिएका छन् ।

यात्रु बढ्दै गएपछि जजिरा एयरले उडान थप्ने तयारी गरेको छ भने अरु एयरलाइन्सले पनि चााडै उडान सुरु गर्ने तयारी गरेका छन् ।

विमान कम्पनीलाई आकर्षित गर्न विमानस्थलले एक वर्षका लागि अवतरण, सञ्चार, सुरक्षालगायतमा पूर्ण छुट दिएको छ ।

जसले गर्दा उडान शुल्क सस्तो छ । शुल्क कम पर्ने भएकाले भारतको उत्तर प्रदेश सम्मका नागरिकले विदेशबाट फर्किदा गौतमबुद्ध विमानस्थल प्रयोग गर्न थालेका छन् । यसले नेपालको पर्यटन क्षेत्रलाई पनि सहयोग पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here