गौतमबुद्ध विमानस्थल उद्घाटन गर्न प्रधानमन्त्री देउवा लुम्बिनी आइपुगे

श्रोत : ईन्टरनेट

१ जेष्ठ, बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवा बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन्। उनी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर उनी लुम्बिनी आइपुगेका हुन्।

लुम्बिनीमा बुद्धपूर्णिमाको कार्यक्रमकै तयारी र पाहुनाको स्वागतका लागि प्रधानमन्त्री देउवा, पर्यटन तथा संस्कृतिमन्त्री प्रेम आलेसहितको टोली लुम्बिनी पुगेको हो।

frontline

देउवा आज लुम्बिनी बस्नेछन् भने भोलि बिहान ७ बजे भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्न भैरहवा आउने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here