गोरखामा सडक निर्माण क्रममा ढुङ्गाले लागेर एक मजदुरको मृत्यु

२३ कार्तिक, काठमाडौं । बेनिघाट, आरुघाट, लार्के सडक निर्माणको क्रममा ढुङ्गाले लागेर बुधवार गोरखामा एक मजदुरको मृत्यु भएको छ।

नेपाली सेनाले ट्रयाक खोल्दै गरेको गोरखाको धार्चे-३ तातोपानी नजिकै कालिपहरोमा काम गर्ने क्रममा लमजुङ घर भएका ४६ वर्षीय ओमबहादुर गुरुङको मृत्यु भएको हो।

frontline

सडक निर्माण गर्दै गर्दा माथिबाट ढुङ्गा खस्दा गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए। शव आरुघाटमा ल्याएर पोष्टमार्टम गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here