गोरखाको पालुङटारमा एमाले कार्यकता बिच नै कुटाकुट

सान्केतिक तस्बिर

२८ कात्तिक, गोरखा । गोरखाको पालुङटार क्षेत्रमा एमाले कार्यकता बिच नै कुटाकुट भएको छ । च्याङलीको म्यागों रिर्सोटमा हिजो राती भएको कुटाकुटमा परी एमाले नेता हरी काफ्लेको टाउकोमा चोट लागेको छ ।

गोरखा प्रहरीले दिएको जानकारी अुनसार एमालेकै कार्यकताहरु बसेर खाना खाने क्रममा आपसी विवादमा कुटपिट भएको हो । कुटपिटबाट नेकपा एमाले प्रदेश समिति सदस्य काफ्लेलाई टाउकोमा चोट लागेको छ ।

frontline

उनको तनहुँको डुम्रेमा रहेको स्वास्थ्य संस्थामा उपचार गराईएको थियो । काफ्लेको टाउकोमा ७ टाँका लगाइएको छ ।

कुटपिटमा संगल्न भएको आरोपमा प्रहरीले आज बिहान २ जनालाई नियन्त्रणमा लिन सफल भएको छ ।पिडित काफ्लको अनुसार आफुले खाना खाईरहेको बेला एक्कासी आक्रमण भएको भन्दै उनीहरुलाई आफुले नचिन्ने बताए ।

‘पाउरोटी भण्डारमा कार्यक्रम सकेर होटलमा खाना खाने क्रममा एक्कासी आक्रमण गरे’ काफ्लेले भने ‘उनीहरु को हुन म चिन्दिन ।’ उनले टाउकाको चोट भएका कारण आजै राजधानी गएर जाँच गराउने पनि जानकारी दिए ।

घटनामा एमालेकै संलग्न भएको पुष्टी भएको छ । पक्राउ परेका राम सापकोटा भानु नगरको युवा संघको अध्यक्ष हुन भने अजित क्षेत्री युवा संघको नेता भएको स्थायिनले जानकारी दिए ।

राती भएको उक्त घटनामा परी दिपक तामाङ समेत सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सुचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here