गोरखाकी फुञ्जो लामा स्वीटजल्याण्डका लागि पर्यटन सद्भावना दूत नियुक्त

श्रोत : ईन्टरनेट

१९ पुस, गोरखा  । गोरखाकी फुञ्जो लामा स्वीटजल्याण्डका लागि पर्यटन सद्भावना दूत नियुक्त भएकी छिन्।

नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हालैको मन्त्रीस्तरीय निर्णयअनुसार लामा सद्भावना दूत नियुक्त भएकी हुन्।

frontline

चुमनुब्री गाउँपालिका ७ छेकम्पारकी लामा चार वर्षका लागि सद्भावना दूत नियुक्त भएकी हुन्। उनी सगरमाथा लगायत आठ हजार मिटर भन्दा अग्ला मनास्लु, केटु, चोयु हिमाल आरोही हुन्। 

सबैभन्दा छिटो ३९ घण्टा ६ मिनेटमा सगरमाथा आरोहण गर्ने महिलाका रुपमा उनले कायम गरेको गिनिज वुक अफ वल्र्ड रेकर्ड अहिलेसम्म कायम छ।

उनी हिमालमा खेलिने स्कीकी स्वर्ण पदक विजेता च्याम्पियन हुन् भने, हेलिकोप्टरमा झुण्डिएर घाइतेको उद्धार गरिने लङलाइन रेस्क्यूअर पनि हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here