गोकर्णेश्वर युवा क्लबको आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

श्रोत : ईन्टरनेट

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं ४मा  रहेको गोकर्णेश्वर युवा उपकार क्लबको  आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित गोकर्णेश्वर महादेव मन्दिर प्राङ्गणमामा  असार ५ गते शनिबार  आकस्मिक रक्तदान  भएको हो ।

frontline

कान्तिपुर अस्पताल रक्त संचार सेवाको प्राबिधिक सहयोगमा कोभिड–१९ का बिरुद्ध पूर्ण सावधानीका विधिहरु अपनाएर सुरक्षित तवर बाट  बिहान १० बजे देखि अपरान्ह १ बजे सम्म चलेको उक्त रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेको गोकर्णेश्वर युवा उपकार क्लबका अध्यक्ष प्रेम कुमार श्रेष्ठले जानकारी गराए  ।

कोभिड–१९ का कारण  जारी भएको  निषेधाज्ञाको कारण  राजधानीसहित देशका धेरै  जसो स्वास्थ्य केन्द्रहरुमा हुन सक्ने  रगतको अभावलाइ मध्य नजर गर्दै क्लबले आकस्मिक रक्तदान गरिएको  गोकर्णेश्वर युवा उपकार क्लबका अध्यक्ष  श्रेष्ठले  जानकारी गराए  ।

उनले छोटो समयको तयारी तथा अहिलेको प्रतिकुल  अवस्थामा पनि  धेरैजनाले रक्तदान गर्न इच्छा देखाए पनि स्वास्थ्य लगायत अन्य कारणले गर्दा २४ जनाले मात्र रक्तदान गरेको जानकारी गराए।

कोरोना संक्रमणको जोखिम तथा निषेधाज्ञाको बिषम परिस्थितिमा समेत स्वतःस्फुर्त रुपमा सहभागि भई रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरुलाई आयोजकको तर्फ बाट उनले धन्यबाद दिएका छन ।

रक्तदाताहरुलाई गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठ, क्लबका अध्यक्ष प्रेकुमार श्रेष्ठ, प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले प्रमाणपत्र प्रदान गरेका थिए

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here