गोकर्णेश्वर नगरपालिकामा ६ वटा गौरवका योजनाहरु

गोकर्णेश्वर नगरपालिकाले छ वटा योजनालाई गौरवका योजना घोषणा गरेर विशेष प्राथमिकतामा राखेको छ। गोकर्णेश्वर नगरपालिकाको पाँचौ नगर सभाले पारित गरेको नीति ,कार्यक्रम तथा बजेटमा विभिन्न ६ वटा योजनाहरुलाई गौरवका योजनाका रुपमा पारित गरेको छ।

नगरपालिकाको प्रशासनिक भवन निर्माण ,वडा नं ५ ,६ र ८ बृहत विशेष खानेपानी योजना निर्माणलाई गौरवको योजना घोषणा गरेको नगरपालिकाले गोकर्णेश्वर महादेव मन्दिरमा सुनको छाना हाल्ने योजनालाई पनि विशेष प्राथमिकतामा राखेको छ।

frontline

त्यस्तै गोकर्णेश्वर बाँध देखि नारायणटार पुल सम्म बाँध निर्माण गरेर अत्याधुनिक स्टिमर संचालन गर्दै वडा नं ४ को देशे गाउँलाई लिच्छवीकालिन संरचना बनाउन ५० प्रतिसत अनुदान दिने योजनालाई गौरवका योजनाका रुपमा संचालन गर्ने निर्णय गरेको नगरशिवपुरी सभाले शिवपुरी पर्वतको शिरमा शिव तथा बुद्धको विशाल मुर्ति निर्माण गरि सो क्षेत्रलाई पर्यटनको केन्द्र बनाउने योजना अगाडी सारेको छ।

प्राकृतिक ,धार्मिक र सांस्कृतिक सम्पदाहरुलाई प्राथमिकतामा राखेर नगरपालिकालाई प्रवर्धन गर्ने कार्यक्रम ल्याएको नगरपालिकाको नीति ,कार्यकम तथा बजेटमा पूर्वाधार विकासलाई पनि जोड दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here