गोकर्णेश्वरको मूल सडक खण्ड कालोपत्रे शुरु

जोरपाटी सुन्दरीजल सडक अन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नं ४ को मूल सडक खण्ड कालोपत्रे शुरु गरिएको छ ।  एक कार्यक्रमका बीच गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले उक्त सडकखण्ड कालोपत्रे कार्यको  पुजा सहित उक्त कार्यको शुभारम्भ गरेका हुन्। 

लामो समय देखि सो सडक विस्तारले गति लिन नसक्दा पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेको थियो । लामो कसरत पश्चात नगरपालिकाका जनप्रतिनिधिहरुको  सडकक्षेत्रमा पर्ने घर टहरा र रूखहरु हटाउन पहलपश्चात कामले गति लिएको थियो। सात मिटर रहेको उक्त सडक खण्डको नगरपालिकाले २२ मिटर चौडा हुने गरि नापजाँच गरि कामको थालनी गरेको  थियो 

frontline

 सडक बिस्तारको काम काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले  गरिरहेको छ। जसलाई नगरपालिकाले सहजीकरण गरिरहेको छ ।उक्त सडक खण्ड कालोपत्रे थालनि भए संगै सो सडक प्रयोगकर्ताहरुलाई बैकल्पिक बाटो प्रयोग गर्न समेत गोकर्णेश्वर  नगरपालिका वडा नं ४ ले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here