गैडहवा गाउँपालिकामा लगाएको ताला अझै खुलेन

७ साउन, बुटवल । करारमा कार्यरत रोजगार संयोजकलाई हटाएको विषयलाई लिएर नेपाली कांग्रेसले गैडहवा गाउँपालिकामा लगाएको ताला अझै खुलेको छैन।

६ दिनदेखि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको कक्षमा ताला लागेको छ । 

frontline

ताला लगाएपछि गाउँपालिकाबाट हुने सेवा प्रवाह प्रभावित भएको छ । रोजगार संयोजक मनिषा कार्कीको कार्यसम्पादन सन्तोषजनक नभएको र गाउँपालिकाले मागेको जवाफ समेत चित्त बुझ्दो नआएपछि करारको समय थप नगरिएको गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्यालले जानकारी दिए । 

‘अरु कुनै पनि करारका कर्मचारीहरुलाई हटाएका छैनौँ’, पौड्यालले भने,‘यहाँ अनावश्यक राजनीति गर्न खोजिएको छ ।

सहमती गर्ने प्रयास भइरहेको छ तर अझै सहमती जुटेको छैन।’ ६ दिनदेखि कर्मचारीहरु कार्यालयमा उपस्थित भए पनि हाजिर गर्न नपाएको गाउँपालिका सूचना अधिकारी गणेश भट्टराईले जानकारी दिए । ‘शाखाबाट हुने सामान्य कामबाहेक मुख्य काम ठप्प छन्’,उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here