गैँडाले आक्रमण गर्न खोज्दा पोखरीमा डुबेर एक जनाको मृत्यु
२ चैत, चितवन । चितवनमा गैँडाले आक्रमण गर्न खोज्दा भाग्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
निकुञ्ज गस्तीमा गएको समयमा गैँडाले आक्रमण गर्न खोज्दा भाग्ने क्रममा निकुञ्जभित्रको दलदले पोखरीमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएकाे छ ।
मृत्यु हुनेमा राष्टिय निकुञ्जको सुरक्षार्थ खटिएको खड्ग दल गणको कोर ईलाकामा अवस्थित साईली माईली पोष्टमा कार्यरत खोटाङकाे खोटाङ गाउँपालिका ४ का २६ वर्षीय पवन कटुवाल रहेका छन् ।
आज साँझ साईली माईली पोष्टबाटबाट सुरक्षार्थ हुद्धा भोज बहादुर थापाको कमाण्डमा खटिएको गस्ती टोलिमा उनी थिए ।
सूचना पाएपछि ईलाका प्रहरी कार्यालय फुलाबारीबाट टोली पुगेर घटनास्थल तथा शवको जाँच मुचुल्का तयार गरी थप अुनसन्धान भइरहेको अधिकारीेले बताए ।






प्रतिक्रिया दिनुहोस्