गृह मन्त्रालयको प्रवक्तामा प्रदीपकुमार कोइराला

२१ मंसिर, काठमाडौं । गृह मन्त्रालयको प्रवक्ता सोमबार फेरिएका छन् । मन्त्रालय अन्तर्गत व्यवस्थापन महाशाखा प्रमुख प्रदीपकुमार कोइरालालाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

हालका प्रवक्ता फणीन्द्रमणि पोखरेल कर्मचारी प्रशासन महाशाखामा सरुवा भएपछि प्रवक्ताको जिम्मा कोइरालाले पाएका हुन् ।

frontline

सामान्यतः सुरक्षा तथा समन्वय महाशाखा प्रमुखलाई नै प्रवक्ताको जिम्मेवारी दिइने यसअघिको अभ्यास थियो ।

सोही अनुसार पोखरेलले शान्तिसुरक्षा महाशाखासहित प्रवक्ताको जिम्मा पाएका थिए । उनी गत साउनबाट उक्त जिम्मेवारीमा थिए ।

तर पछिल्लो पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गृहमा सरुवा भएर आएका मुकुन्दप्रसाद निरौलालाई सुरक्षा तथा समन्वय महाशाखाको जिम्मा दिएर पोखरेललाई कर्मचारी प्रशासनमा सरुवा गरिएको थियो ।

अब सुरक्षा व्यवस्थापन प्रमुख नै प्रवक्ता हुने अभ्यास पनि हटाइएको छ । पोखरेल व्यक्तिगत कामको शिलशिलामा सोमबार नै अमेरिका प्रस्थान गरेपछि उक्त जिम्मेवारी कोइरालाले पाएका हुन् ।

पोखरेलले सम्हाल्दैआएको सुरक्षा व्यवस्थापन माहशाखाको जिम्मा पाएका निरौलासँग यसअघि गृहप्रशासनका कुनै पनि युनिटमा बसेको अनुभव छैन ।

सुरक्षा व्यवस्थापन महाशाखा अन्तर्गत शान्तिसुरक्षा तथा अपराध नियन्त्रण शाखा, सूचना समन्वय तथा विश्लेषण इकाई, सीमा तथा अध्यागमन प्रशासन शाखा र स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखा जस्ता महत्वपूर्ण संयन्त्र पर्छ ।

तर यी संयन्त्रसँग जानकार र अनुभव नभएका कर्मचारीलाई त्यस ठाउँमा जिम्मेवारी दिँदा दैनिक काम कारबाहीमासमेत असर पर्नसक्ने गृह प्रशासनकै कर्मचारीहरू बताउँछन् ।

सहसचिव कोइरालाले सोमबारबाटै आफूले प्रवक्ताको जिम्मेवारी सम्हालेको जानकारी दिएका छन् । यसअघि मन्त्रिपरिषद् बैठकले गृहप्रशासनको अनुभव नै नभएका ‘शिक्षा क्षेत्रका विज्ञ प्रशासक’ सचिव टेकनारायण पाण्डेलाई गृह मन्त्रालयको सचिव बनाएको थियो ।

गृहसचिव आन्तरिक तथा राष्ट्रिय सुरक्षा मामिलासँग जानकार र त्यससँग सम्बन्धित प्रशासनिक अनुभव भएकालाई ल्याउनुपर्ने अभ्यासलाई पनि सरकारले बेवास्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here