गृहले नेपाल प्रवेश गरेका ११ अफगानी नागरिकलाई युएनएचसीआर बुझायो

४ मंसिर काठमाडौं । गृह मन्त्रालयले अवैध ढंगबाट नेपाल प्रवेश गरेका ११ जना अफगानी नागरिकलाई नेपालस्थित शरणार्थीका लागि संयुक्त राष्ट्र संघीय उच्चायुक्तको कार्यालय (युएनएचसीआर)लाई बुझाएको छ।

उनीहरु दशैं अगाडि अवैध ढंगले नेपाल प्रवेश गरेका थिए। अध्यागमनको हिरासतमा रहेका ११ मध्ये एकै परिवारका पाँच जनालाई गृहले यसअघि निस्कासन गरे पनि श्रीलंकाको अध्यागमनले उनीहरुलाई फिर्ता गरिदिएको थियो।

frontline

निस्कासित भएका अफगानीसमेत फिर्ता भएपछि गृहले उनीहरुलाई युएनएचसीआरको जिम्मा लगाउने निर्णय गरेको थियो। गृहको निर्णयसँगै युएनएचसीआरका प्रतिनिधिले ११ जना अफगानीलाई आज अध्यागमनबाट बुझेर लगेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उनीहरुलाई सिनामंगलस्थित एक होटलबाट पक्राउ गरी अध्यागमन विभागमा बुझाएको थियो। अफगानिस्तानमा तालिबानीले सत्ता कब्जा गरेपछि त्यहाँका नागरिक विस्थापित भएर अन्य मुलुक जाने क्रम बढेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here