गृहमन्त्री खाँण र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

श्रोत : ईन्टरनेट

आइतबार, काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र गृहमन्त्री बालकृष्ण खाँणबीच अहिले भेटवार्ता भइरहेको छ।

गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ताका लागि राजदूत यान्छी आइतबार दिउँसो सिंहदरबार पुगेकी हुन्।

frontline

भेटको क्रममा राजदूत यान्छीले द्विपक्षीय सम्बन्ध तथा चिनियाँ सहयोगबारे छलफल भएको बुझिएको छ ।

साथै कोरोना नियन्त्रणका लागि चिनियाँ सहयोगबारे पनि उनीहरुको छलफलको विषय रहेको बताइएको छ ।

यसवाहेक गृहमन्त्रीलाई उनले बधाइ तथा शुभकामना समेत दिएकी छन् ।

यसअघि यान्छीले आइतबार बिहान माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी थिइन् ।

नयाँ सरकार गठन भएपछि राजदूत यान्छीले नेपालस्थित उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट तिब्र बनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here