गृहमन्त्री खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

१३ कार्तिक, काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन्।

शुक्रबार बेलायत भ्रमणमा जाने भएकाले आफ्नो अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालन गर्न गृहमन्त्री खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको पत्र प्रधानमन्त्री देउवाले राष्ट्रपति कार्यालयमा पठाएका हुन्। 

frontline

उपप्रधानमन्त्री नबनाएको सत्ता गठबन्धनले मन्त्रिपरिषद्मा प्रधानमन्त्री देउवापछि वरियताक्रममा गृहमन्त्री खाँणलाई दोस्रोमा राखिएको छ।

स्कटल्यान्डको ग्ल्यास्गोमा आइतबारदेखि जलवायुसम्बन्धी २६ औं विश्व सम्मेलन (कोप २६) हुँदैछ। त्यसमा सहभागी हुन नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार त्यता जाँदै छन्।

उनी बेलायतबाट नोभेम्बर ३ गते स्वदेश फर्कने र नोभेम्बर ४ तारेख बिहान स्वदेश आइपुग्ने कार्यतालिका छ। 

जलवायुसम्बन्धी सम्मेलनमा नेपालले उच्चस्तरीय प्रतिनिधित्व गर्दै आएको छ। कोप–२६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here