गृहमन्त्रीद्वारा विपद् व्यवस्थापनबारे छलफल
काठमाण्डु । गृहमन्त्री खगराज अधिकारीले सात वटै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूसँग छलफल गरेका छन् ।
सिंहदरबारमा जारी बैठकमा गृहमन्त्री अधिकारीले विपद् व्यवस्थापन र निर्वाचन सुरक्षाबारे सबै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरुसँग छलफल गरेका हुन् ।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले विपद् व्यवस्थापनको विषयमा छलफल भइरहेको जानकारी दिए ।
बैठकमा प्रहरी प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी पनि सहभागी छन् ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री अधिकारी र तीन सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्