गुल्मीमा जनगणनाको लागि ४१२ गणक खटिने

२५ कार्तिक, गुल्मी । गुल्मीमा राष्ट्रिय जनगणनाको लागि ४१२ जना गणक खटिने भएका छन् ।

जिल्लाका ३९३ वडा र संस्थागत परिवारको गणनाको लागि ३ जना गरी जम्मा ४१२ जना गणक कर्मचारिहरु परिचालन हुने जिल्ला जनगणना अधिकारी पोखरेलले बताए ।यस्तै जनगणाको लागि १०१ सुपरिबेक्षकहरु खटाइएको छ ।

frontline

मूल गणनामा गणकहरुले प्रत्येक जनगणना घर परिवारमा परिचयात्मक, पारिवारिक तथा व्यक्तिगत करीब ५५ वटा प्रश्नहरु सोधी विवरणहरु लिइने सहायक जिल्ला जनगणा अधिकारी रामचन्द्र वाग्लेले बताए।

जनगणनाको लागि यसअघि घरपरिवार सूचीकरण गरिसकेका छन् । गणनाको लागि सम्पूर्ण कार्यक्षेत्रमा आबश्यक सामाग्री सहित गणकहरु खटाइएको वाग्लेले बताए ।
परिवारमा अक्सर बसोवास गर्ने महिला पुरुषको संख्या, स्वदेश भित्रै तर अन्यत्र बस्नेको संख्या र विदेश भएकाको संख्याको साथै विदेश रहेकाको थप विवरण लिइने छ।

कोही नछुट्ने र कोही नदोहोरिने गरी गणनामा खटिने गणक कर्मचारीहरुलाई आफ्नो सत्य तथ्य विवरण टिपाइ हुन जिल्ला जनगणना कार्यालय गुल्मील अनुरोध गरेको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२औं जनगणना कात्तिक २५ गतेबाट मंसिर ९ गतेसम्म सञ्चालन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here