गुरुङको दाबीले प्रदेशमा नयाँ बनाउन नदिने र संसद विघटनतिर लैजाने चलखेल

काठमाडौं । पोखरा गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठनका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गर्नुभएको छ ।

नयाँ सरकार गठनका लागि मुख्यमन्त्री गुरुङले दावी गरेको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले पुष्टि गर्नुभयो ।

frontline

प्रदेश प्रमुखले वैकल्पिक सरकार बनाउन २४ घण्टाको समयसीमा शनिबार दिउँसो ३ बजे सकिन लाग्दा विघटित सरकारका मुख्यमन्त्री गुरुङले राष्ट्रिय जनमोर्चा नेपालका कृष्ण थापा र जनता समाजवादी पार्टीको प्रदेश कमिटीको समर्थन रहेको पत्रका आधारमा दाबी पेश गर्नुभएको हो ।

यसअघि शुक्रबार नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका गठबन्धनले सशरीर उपस्थित भएर सरकारको दाबी गर्दै बहुमत अर्थात ३१ सदस्यको हस्ताक्षर बुझाइसकेका थिए ।

गुरुङको दाबीले पनि प्रदेशमा नयाँ बनाउन नदिन र संसद विघटनतिर लैजान चलखेल भइरहेको प्रतिपक्षी दलहरूको शंका छ ।

प्रदेशमा जनमोर्चाका ३ र जसपाका २ सदस्य छन् ।

जनमोर्चाका कृष्ण थापाले केहीबेर अघि प्रदेश प्रमुख सीताकुमारी पौडेललाई भेटेर फर्केका छन् ।

यसबारेमा आधिकारिक बुझ्न सरकारी अधिकारीहरू सम्पर्कमा आउन चाहेका छैनन् ।

मुख्यमन्त्री गुरुङले संसदमा विश्वासको मत ल्याउन नसकेपछि उनी बिहीबार स्वतः पदमुक्त भएका थिए ।

बहुमत देखाइसकेको अवस्थामा संसदबाट विश्वास गुमाइसकेको सरकारले संसद विघटन गरेमा सरासर असंवैधानिक हुने विपक्षीहरूको ठहर छ ।

तर, केन्द्रमा झैँ पेलेर जान निर्देशन आएकाले विघटन भइहाले पनि अनौठो मान्नुपर्ने अवस्था नहरेको एमालेका एक सांसद्ले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here