गुजरामा जसपाको संगठन बिस्तार तथा नगर स्तरीय मुस्लिम भेला सम्पन्न ।

मेवालाल यादव , रौतहट

कार्तिक ९ गते

frontline

संगठन निर्माण कार्यलाई तीव्रता दिने निर्णय गर्दै जनता समाजवादी पार्टी नेपालको गुजरा नगरपालिकामा नगर कार्य समितिद्वारा संगठन बिस्तार अभियान तथा नगर स्तरीय मुस्लिम बृहत भेला सम्पन्न भएको छ ।

जनता समाजवादी पार्टी नेपाल रौतहट जिल्ला अध्यक्ष श्याम बिहारी यादवको अध्यक्षता तथा पुर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीको प्रमुख आतिथ्यमा जनता समाजवादी पार्टी नेपाल जिल्ला कमिटी द्वारा आयोजित कार्यक्रम विच गुजरा नगरपालिकाको नगर स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो । भेलाले गुजरा नगरपालिकामा क्रियाशिल वडा समिति, विभिन्न भातृसंगठनको गठनपुर्नगठन तथा पार्टी क्रियाशिल सदस्यता र पार्टी सदस्यता विस्तार गर्ने लगायतको निर्णय गर्दै पुर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीले बताए ।

गुजरा नगरपालिकाको वडा नं.६ खतवहीयामा बिहीबार आयोजना गरिएको उक्त भेलाबाट जयमुल्ला मिया मन्सुरीको अध्यक्षतामा २१ सदस्यीय समाजवादी मुस्लिम नगर कमिटी गठन गरिएको छ ।

सो कार्यक्रममा अतिथी पुर्व मन्त्री गोबिन्द चौधरी , उर्जा सिचाइ तथा खानेपानी राज्य मन्त्री फुलबाबु , पुर्व रौतहट चर्चित बिधायक रामकिशोर प्रसाद यादव , प्रादेशिक अस्पताल गौर ब्यवस्थापन समिति अध्यक्ष मो. अनवर हासमी लगायत पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु लगायतका गुजरा नगरपालिकाको अन्तर्गतका विभिन्न वडाका स्थानीय नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

poster-here