गिनी बिसाउमा सैनिक विद्रोह, सुरक्षा फौजका थुप्रै सदस्य मरेको आशंका

१९ माघ, बिसाउ । पश्चिमी अफ्रिकी मुलुक गिनी बिसाउमा भएको सैनिक विद्रोहका दौरान सुरक्षा फौजका थुप्रै सदस्यको ज्यान गएको त्यहाँका राष्ट्रपति उमाराओ सिस्सोको एम्बालोले बताएका छन् ।

एम्बालोले विद्रोहलाई नियन्त्रणमा लिइएको र यो कदम ‘प्रजातन्त्रविरुद्धको असफल आक्रमण’ भएको बताएका छन् ।

frontline

मंगलबार राजधानी बिसाउस्थित एउटा सरकारी भवननजिकै गोली चलेको सुनिएको थियो । त्यति बेला सो स्थानमा राष्ट्रपतिले मन्त्रिमण्डलको बैठक चलाइरहेको बताइएको छ ।

सेनाले राष्ट्रपति र उनको सरकारका प्रधानमन्त्री नुनो गोमेज नाबियामलगायत मन्त्रीहरूलाई नियन्त्रणमा लिएको बताइएको थियो । अज्ञात सशस्त्र बन्दुकधारीहरूले सो भवनमा आक्रमण गरेका थिए ।

नाम खुलाउन नचाहने एक सुरक्षासूत्रले सादा पोसाकमा रहेका बन्दुकधारीहरूले गोली चलाउँदा एकजना प्रहरी अधिकारी मारिएको बीबीसीलाई बताएको छ ।

एम्बालो सन् २०१९ मा राष्ट्रपतिमाा निर्वाचित भएका थिए । पश्चिम अफ्रिकी क्षेत्रीय नेताहरूले यस घटनालाई विद्रोह प्रयासको संज्ञा दिँदै फौजलाई आ–आफ्ना ब्यारेकमा फर्कन आह्वान गरेका छन् । 
वास्तविकता के हो भन्ने स्पष्ट भइसकेको छैन । ती बन्दुकधारीहरू को हुन् र यकिन कतिजना मारिए भन्ने बताइएको छैन ।

पूर्वपुर्तगाली उपनिवेश यस गरिब मुलुकमा सन् १९८० यता नौपटक सैनिक विद्रोह भइसकेको छ । बीबीसीबाट ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here