गिनीमा सेनाले सत्ता हत्यायो, राष्ट्रपति अल्फा कोंडे गिरफ्तार

एजेन्सी । अफ्रिकी मुलुक गिनीमा सेनाले सत्ता हत्याएको छ । गिनीको राजधानी कोनाक्रीमा रहेको राष्ट्रपति भवन प्रवेश गरेका सेनाले अन्धाधुन्ध गोली प्रहार गरी गिनीका राष्ट्रपति अल्फा कोंडेलाई गिरफ्तार गरेको छ ।

साथै उनीहरुले गिनीका सबै सीमा नाकाहरु पनि सील गरेका छन् । सत्ता हत्याएको सेनाले संविधानमाथि रोक लगाउनुका साथै राज्य संस्था पनि भंग भएको घोषणा गर्दैे देशका सम्पुर्ण सार्वजनिक प्रसारण सेवामा समेत रोक लगाएको छ ।

frontline

सेनाले द नेशनल कमिटी अफ ग्यादरिङ एण्ड डेभलप्मेन्ट समुह नामाकरण गरी देशको शासन आफुहरुको हातमा लिएको घोषणा गरेको छ भने राष्ट्रपतिलाई पनि कब्जामा लिएको जनाएको छ ।

तेस्रो कार्यकालका लागि राष्ट्रपति बनेका कोंडेकाको पछिल्लो कार्यकाल निकै बिबादास्पद बनेको थियो । संविधान बिपरित राष्ट्रपति नियुक्त भएको भन्दै उनी बिरुद्ध ब्यापक प्रदर्शन समेत भएको थियो ।

उता, गिनीको रक्षा मन्त्रालयले भने राष्ट्रपति सेनाको कब्जामा नरहेको र देश छाडेर कतै शरण लिन गएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here