गायक कुमा सागरलाई गिज्याएको आरोपमा कमेडियनसहित ४ विरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । गायक कुमा सागरलाई गिज्याएको आरोपमा कमेडियनसहितका ४ विरुद्ध प्रहरीमा उजुरी परेको छ । कमेडियनहरू सजन श्रेष्ठ र उत्सव सापकोटा, पडकास्टर सुशान्त प्रधान, गायक सुजन जिम्बाविरुद्ध नेवार समुदायका १५ जना व्यक्तिले काठमाडौं प्रहरी परिसरमा उजुरी दिएका हुन् ।
उजुरीमा नेवारी संस्कृति र परम्परालाई आँच आउने भाषाको प्रयोग गरिएकाले कार्वाहीको माग गरिएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिल बोहराले उजुरी दर्ता भएको बताए । ‘यो जाहेरी चाहिँ होइन । निवेदन हो’ उनले भने ।





विवादबारे दुबै पक्षलाई राखेर छलफल चलाइने प्रवक्ता बोहराले बताए । निवेदन दर्ता गर्न नेवारी समुदायका व्यक्तिहरू नाराबाजी गर्दै प्रहरी परिसरमा पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्