गान्धी जयन्तीमा प्रधानमन्त्री मोदीद्वारा गान्धीप्रति श्रद्धा व्यक्त

नयाँ दिल्ली, भारत, १६ असोज (रासस÷एएनआई) ः प्रधानमन्त्री नरेन्द्र मोदीले गान्धी जयन्तीको अवसरमा शनिबार महात्मा गान्धीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका गर्नुभएको छ ।

नयाँ दिल्लीको गान्धी स्मृतिमा ‘राष्ट्रपिता’ को सम्मानमा आयोजना गरिएको प्रार्थना सभामा प्रधानमन्त्री मोदी उपस्थित हुनुभई उहाँको तस्बीरमा फूलमाला तथा अवीर चढाएर श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो ।

frontline

कार्यक्रममा भारतका उपराष्ट्रपति भेणकैया नायडू पनि उपस्थित हनुभएको थियो । सन् १८६९ अक्टोबर २ मा गुजरातको पोर्बन्दर शहरमा जन्मिएका महात्मा गान्धी (मोहनदास करमचन्द गान्धी) ले अहिंसात्मक प्रतिरोध अपनाएर औपनिवेशिक बेलायती शासनविरुद्धको स्वतन्त्रता संघर्षको अग्रपंक्तिमा रहेर नेतृत्व गर्नुभएको थियो ।

गान्धीकै नेतृत्वमा सन् १९४७ मा भारतले आफ्नो स्वतन्त्रता प्राप्त गर्न सम्भव भएको थियो । बापू भनेर चिनिने उहाँको ‘स्वराज’ (स्वशासन) र ‘अहिंसा’ प्रतिको अटल विश्वासले उहाँलाई विश्वभर प्रशंसा प्राप्त मिलेको थियो ।

उहाँको भौतिक रूप नरहेपनि उहाँको कामले उहाँ अमर रहनुभएको छ । विश्वव्यापी रुपमा गान्धीको जन्म जयन्तीलाई अन्तर्राष्ट्रिय अहिंसा दिवसको रूपमा मनाइएको छ ।

यस अवसरलाई चिनाउन भारत र विश्वभरि थुप्रै कार्यक्रमहरू आयोजना गरिएका छन् । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here