गाडी बेचेर रोलर किन्ने मेयर साम्पाङको घोषणा

फाइल फोटो

२४ असार, धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गाडी बेचेर रोलर किन्ने घोषणा गर्नुभएको छ ।  मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्न लागिएको उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउनुभएको हो ।

मेयरलाई चढ्न भनेर स्कर्पियो गाडी किनिएको थियो । तर, उहाँले सरकारी गाडी नचढ्ने घोषणा गर्नुभएको छ । गाडी बेचेर रोलर किन्ने उहाँको प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन गरेको छ ।

frontline

उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटो भरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने बिचार छ मेरो । आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ । जय धरान

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here