गाइखुरा–भिमसेनस्थान पैदल मार्ग

श्रोत :ईन्टरनेट

आगामी आर्थिक वर्षमा पैदल मार्गमा राखिएका पक्की सिँडीमा रेलिङ लगाउने, पिकनिङ स्पट बनाउने र प्रतिक्षालय पनि बनाउने योजना ’

सोमबार बिहान मन्थली नगरपालिकाका मेयर रमेश कुमार बस्नेत गाइखुरा–भिमसेनस्थान (चिसापानी) पैदल मार्गको अनुगमनका निस्किए । नगर क्षेत्र भित्रका पर्यटकीय गन्तव्यमा पुग्न पूर्वाधार निर्माणको काम अनुसार निर्माण भईरहेको गाइखुरा–भिमसेनस्थान पैदल मार्गको अनुगमन पश्चात मेयर बस्नेतले पूर्वाधार निर्माणको काम सन्तोषजनक रहेको प्रतिक्रिया दिए ।

frontline

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल, साइड इन्चार्ज होम खड्कासहित अनुगमनका पुगेका मेयर बस्नेतले आयोजना निर्माणको काम गरिरहेको लुमिनश कन्ट्रक्सनका प्रोपाइटर रोशन श्रेष्ठसँग फिल्डमै कुराकानी पनि गरे ।

आयोजना भ्याटसहित ६० लाख रुपैयाँमा ठेक्का

मन्थली नगरपालिकाले ५० लाख र बागमती प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि यो आयोजना बन्ने पक्का भएको थियो । चालु आर्थिक वर्षमा प्रदेश सरकार र नगरपालिकाको बजेट जोडेर १ करोड रुपैयाँ बजेट रहेको यो आयोजना भ्याटसहित ६० लाख रुपैयाँमा ठेक्का लाग्यो ।

कुल बजेट १ करोड भएपनि लुमिनश कन्ट्रक्सनले ६० लाखमा ठेक्का पाएर काम सुरु गरेको थियो । त्यसपछि नगरपालिकाको २० र प्रदेश सरकारको २० लाख नियम अनुसार फिर्ता भयो ।

चालु आर्थिक वर्षमा १२ सय मिटर पैदल मार्ग बनेको छ । अब ३५० मिटर बनेपछि चिसापानीको प्रसिद्ध धार्मिकस्थल भिमसेनस्थान सम्म पैदल मार्गमार्फत पुग्न सकिन्छ । बाँकी ३५० मिटर भने आगामी आर्थिक वर्षको बजेटमार्फत निर्माण गर्ने लक्ष्य रहेको मन्थलीका मेयर बस्नेत बताउँछन् ।

‘यसको इन्ट्रि प्वाइन्ट गाइखुरामा हो, गाइखुरामा प्रवेशद्वार बनाउने योजना छ’ नगरपालिकाका प्राविधिक होम खड्का भन्छन्, ‘आगामी आर्थिक वर्षमा पैदल मार्गमा राखिएका पक्की सिँडीमा रेलिङ लगाउने, पिकनिङ स्पट बनाउने र प्रतिक्षालय पनि बनाउने योजना छ ।’

ऐतिहासिक चिसापानी गढीसम्मकै विस्तृत परियोजना

श्रोत :ईन्टरनेट

मन्थलीका मेयर रमेश कुमार बस्नेतका अनुसार नगर क्षेत्र भित्रका पर्यटकीय गन्तव्यमा पूर्वाधार निर्माणको योजना अनुसार ऐतिहासिक चिसापानी गढीसम्मकै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।

‘मन्थलीका मानिसहरु गाइखुरा तिर मर्निङ वाकमा जाँदा पैदल मार्ग हुँदै भिमसेन स्थानसम्म पुग्न सकुन् भनेर यो पूर्वाधार बनाईएको हो, हामीले चिसापानी गढीसम्मकै डीपीआर बनाएका छौँ, आगामी आर्थिक वर्षभित्र गढीसम्मै पर्यटन पूर्वाधारको काम सक्ने लक्ष्य छ’ मेयर बस्नेतले भने ।

उनले थानापति महादेवस्थान सम्म पुग्नका लागि फेदीदेखि माथिसम्मै पक्की खुड्कीला बनाएर घुम्न जान सहज हुने गरी पूर्वाधार बनाईएको र भलुवाजोरको तिल्केस्थान गढीसम्म पुग्न हाल राखिएका खुड्कीलालाई पनि आगामी आर्थिक वर्षमा सिमेन्टेड गरेर पक्की बनाउने बताए ।

‘तिल्केस्थान गढीसम्म पुग्न अहिले खुड्कीला राखिएको छ, अहिले बनाईएका खुड्कीला नहल्लिने गरी सिमेन्टेड गर्ने लक्ष्य छ, आगामी आर्थिक वर्षमा यसलाई नगरपालिकाको कार्यक्रमभित्र राखेर बजेट व्यवस्थापन गरिनेछ’ मेयर बस्नेतले प्रेससँग भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here