गल्ती सच्याउनुभयो :नेता योगेश भट्टराई

काठमाडौं। नेकपा एमालेको माधव नेपाल पक्षले चार नेतामाथि गरिएको कारबाही फिर्ता लिनु सकारात्मक भएको बताएको छ। यद्यपि पार्टी एकतालाई जोगाउन जेठ २ मा फर्किन अध्यक्ष केपी शर्मा ओली तयार हुनुपर्ने बताएको छ।

खनाल-नेपाल पक्षका नेता योगेश भट्टराईले नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि कारबाही गरेर भएको आफ्नो गल्ती अध्यक्ष ‌ओलीले सच्याएको बताए। बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले चार जना नेतामाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो।

frontline

स्थायी समितिको उक्त निर्णपछि नेता भट्टराईले अब पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट अगाडि बढाउनुपर्ने प्रतिक्रिया दिए। ‘हाम्रो मुख्य कुरा भनेको २०७५ जेठ २ गतेको अवस्थाबाट नेकपा (एमाले)लाई सञ्चालन गर्नुपर्छ भन्ने हो। त्यसमा अध्यक्षबाट सकारात्मक सम्बोधन हुनेछ भन्ने अपेक्षा छ,’ उनले भने, ‘यो कारबाही गर्नु आवश्यक थिएन। उहाँहरूले गल्ती गर्नुभएको थियो, आफ्नो गल्ती सच्याउनुभयो।’

यसबीचमा भएका दोस्रो तहका नेताहरूबीचका छलफलको परिणाम चार नेतामाथिको निलम्बन फुकुवा भएको पनि भट्टराईको भनाइ छ। ‘यसले पार्टी मिलाउनुपर्छ, एक हुनुपर्छ भन्ने यो बीचमा विभिन्न तहमा छलफल बैठकका बुझाइलाई सम्बोधन गरेको छ,’ उनले भने।

एमालेको खनाल-नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिँदा सरकार अल्पमतमा परेको छ। बैशाख २७ गते प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सकेका थिएनन्। खनाल र नेपाल पक्षका सांसद उक्त बैठकमा अनुपस्थित रहेका थिए। पछिल्लो समय यो समूहका सांसद राजीनामा दिने भन्नेमा पुगेको बेला नेताहरूमाथिको कारबाही फुकुवा गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here