गर्भवती दिदीको घाँटी रेटेर हत्या

२१ मंसिर, महाराष्ट्र ।  एक युवकले गर्भवती दिदीको घाँटी रेटेर हत्या गरेका छन्। भारतको महाराष्ट्र राज्यस्थित औरंगावाद जिल्लाको गोयगाउँमा आफ्नै आमा र भाइले एक गर्भवती महिलाको घाँटी रेटेर हत्या गरेका हुन्।

१९ वर्षीया ती युवतीले परिवारको इच्छाविपरित आफ्ना प्रेमीसँग भागेर विहे गरेको र विहेपछि उनको माइती पक्ष रुष्ट बनेको खुलेको छ।

frontline

आमा र छोरा दुवै मिलेर उनको हत्या गरेको खुलेको छ।

परिवारको इच्छाविपरित गरेको विहे नै उनको हत्याको कारण बनेको प्रहरीले भारतीय मिडियासँग बताएका छन्।

आइतबार भएको सो घटना तीन दिनपछि सार्वजनिक भएको बताइएको छ। हत्याको समयमा ती महिला दुई महिनाको गर्भवती भएको र उनी गर्भवती भएको खबर भाइ र आमा दुवैलाई मात्र थाहा भएको अनुसन्धानबाट खुलेको छ।

मृतकका भाइ र आमाले अपराध स्वीकार गरेको प्रहरीले बताएको छ। हालः दुवैलाई प्रहरीले पक्राउ गरेको समाचारमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here