गरुडा नपाको महिला जनप्रतिनिधिहरुलाई मध्यवर्ति तालिम


मेवालाल यादव, रौतहट
श्रावण ३१ गते, बुधबार ।
रौतहटको गरुडा नगरपालिकाका निर्वाचित १८ जना महिला जनप्रतिनिधिहरुलाई महिला नेतृत्व सम्बन्धि ३ दिने मध्यवर्ती तालिम आज गरुडाको आशिर्वाद होटलमा सम्पन्न भएको छ । माण्डवी रौतहटको आयोजना तथा IFES सहकार्यमा ‘ शी लिड्स : महिला नेतृत्व कार्यक्रम अन्तर्गत विगत वर्ष देखि नै यस्ता तालिमहरु विभिन्न सत्रमा सञ्चालन गर्दै आइरहेको छ । कार्यक्रमको उदघाटन तथा समापन सत्रमा गरुडा नगरपालिकाका नगर उप प्रमुख पुनम चौधरी तथा माण्डवीका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासको उपस्थिति रहेको थियो ।
२०२२ को जनवरी-फेब्रुअरी सम्म नेपालको मधेश प्रदेशका २८ नगरपालिकामा स्थानीय सरकारमा प्रभावकारी ढंगले आफ्नो भूमिका निर्वाह गर्नका लागि निर्वाचित महिला जनप्रतिनिधिहरूलाई चाहिने सीप र ज्ञान प्रदान गर्नुका साथै राजनीतिक संवादमा सहभागी हुनका लागि निर्वाचित महिला प्रतिनिधिहरू र अन्य नेतृत्व भूमिकामा भएका महिलाहरूको आत्मविश्वास बढाउने उदेश्यले माण्डवीले यो कार्यक्रम सँचालन गर्दै आईरहेको छ तालिमको समाप्न सत्र बोल्दै उप प्रमुख चौधरीले यस्ता सराहनीय कार्य गरेकोमा माण्डवी र IFES लाई धन्यवाद दिनुका साथै भविष्यमा यस तालिमबाट महिला जनप्रतिनिधिहरुले सिकेका ज्ञानहरुलाई अवश्य नै व्यवहारमा लागु गरी समग्र नगरपालिकाको विकासमा नै सहयोग पुर्याउनेमा आफु विश्वसत रहेको बताईन। यस कार्यक्रम अन्तर्गत गरुडा नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई पहिलो, दोस्रो, तेस्रो तथा चौथो सत्र गरी तालिमहरु दिई सकेको माण्डवीका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी गराउनु भएको थियो । मध्यावर्ती तालिममा नैतिकवान नेतृत्व, समस्याको विशलेषण, तथ्याँक सँकलन आवधिक तथा व्यवस्थापन र दुस्प्रचार तथा द्धेषपूर्ण अभिव्यक्तिको बारेमा छलफल गरिएको थियो ।महिला जनप्रतिनिधिहरुमा पहिलाको भन्दा अझ यस तालिमले नेतृत्व क्षमताको विकास गरेको तालिममा सहभागि महिला जनप्रतिनिधि पुनम रामले जानकारी गराउनु भयो । मध्यवर्ती तालिममा गरुडा नगरपालिकाको १८ जना निर्वाचित महिला जनप्रतिनिधहरुको सहभागिताको साथै माण्डवीका अनुगमन अधिकृत सुविन्द्र दास, प्रशिक्षकद्धय पुनम ठाकुर र सँजय कुमार यादव, सामाजिक परिचालक सुरेन्द्र यादव तथा ममता सिँहको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

poster-here